समाज


विद्यालय जान्छु भनी हिँडेका बालक भारत पुगे, ६ महिनापछि उद्धार

विद्यालय जान्छु भनी हिँडेका बालक भारत पुगे, ६ महिनापछि उद्धार

दिनेश बुढा
चैत २९, २०७९ बुधबार ११:३५, काठमाडौँ

वीरेन्द्रनगर नगरपालिका–३ यरीचोक घर भएका १३ वर्षीय शंखर चौधरी हजुरआमासँग बस्दै आएका थिए।

उमेरले १३ वर्ष पुगेका शंखर कक्षा २ पढ्थे। गत साउन महिनामा हजुरआमासँग विद्यालय जान्छु भनेर घरबाट निस्किए। सधैँजसो विद्यालयमा पढेर घर फर्किने आशामा वृद्ध हजुरआमा जौकला नातिको बाटो हेरेर बसिन्। तर, नाति अबेरसम्म पनि घरमा आएनन्।

शंकर नफर्किएपछि गाउँ वरवरका साथीहरुको घरमा खोजी भयो। तर कतै पत्तो लागेन। भोलिपल्ट पनि जौकलाले आफन्त, छिमेकी र नातिका साथीको घरमा खोजिन्, अहँ नाति भेटिएनन्। जौकलाले विद्यालयमा खबर गरिन्। अघिल्लो दिन नै पनि शंकर विद्यालय पुगेका रहेनछन्, शंकर हराएको थाहा भयो।

त्यसपछि जौकलाले प्रहरीकहाँ पुगिन्। प्रहरी र गाउँलेको सहयोगमा विभिन्न मानव अधिकारसँग सम्बन्धिन संघ संस्थासाका ढोका ढक्ढकाइन्। नाति हराएकोले खोजी गर्न गुहार गरिन्। ६ महिनासम्म शंकर भेटिएनन्।

६ महिनापछि प्रवासी नेपालीहरूको संस्था मित्र मञ्चले शंखरको भारतबाट उद्धार गरेको छ।

उनी साथीहरूको लहमा लागेर भारत गएका थिए। भन्छन्, 'जाँदा राम्रै भयो, त्यहाँ गएपछि दु:ख पाइयो।'

शंखरको घरमा बहिनी बाहेक कोही पनि छैनन्। उनी मामा घरको हजुरआमा जौकला रोकायको घरमा बस्दै आएका थिए। बुबा सानैमा बेपत्ता र आमाले ज्याला मजदुरी गर्छिन्। बुवा सानैमा बेपत्ता भएका थिए।

उद्वारपछि हजुरआमा जौकलासँग शंकर

मावली हजुरआमा सँग बस्दै आएका उनी गत साउन २८ गते साथीहरूसँग घरबाट भारत हानिएका थिए। साथीभाइहरुको लहलहैमा भारत पुगे। उनले भने, ‘म घरबाट जाँदा बहिनीलाई भनेको थिए। त्यसपछि साथीसँगै भारत गए। त्यहाँ गएर दुई महिनासम्म काम गरेँ।’

आफुलाई लगेर गएको साथीले अर्को होटलमा काम लगाइदिएको उनले बताए। शंखरले भने, ‘मैले त्यहाँ केही समय काम गरेँ। पछि मलाई त्यो होटलमा चोरीको आरोप लगाउन थाले। त्यसपछि त्यहाँबाट भागेर म दिल्ली पुगे। मुख्य सडकमा हिँडिरेहको अवस्थामा प्रहरीले मलाई समातेर बच्चा राख्ने ठाउँमा लगेर राख्यो।’

केही समय दिल्लीमा बसेपछि आफूलाई नेपाल ल्याइएको उनले बताए।

शंखरले भारत पुगेपछि अहमदावादमा २ महिना होटलमा काम गरे। होटलले चोरीको आरोप लगाएपछि भागेर आग्रा पुगे, हण्डर र ठक्कर खाँदै त्यहाँबाट दिल्ली। त्यहाँ भौतारिइरहेको बेला दिल्लीका एक अटोचालकले उद्वार गरी प्रहरीकहाँ पुर्‍याएका थिए।

प्रहरीले बाल गृहमा पठायो। बाल गृह सञ्चालक बाल कल्याण समितिका न्यायिक मजिष्ट्रेटले नेपाली राजदूतावास, प्रवासी नेपाली मित्र मञ्च र मानव कल्याण मित्र मञ्चसँग समन्वय गरी उनलाई नेपाल पठाएको हो।

शंखरको ६ महिनापछि परिवारसँग पुनःमिलन भएको छ। उनलाई मंगलबार वीरेन्द्रनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाले परिवारको जिम्मा लगाएका हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .