रोजगारीका लागि दक्षिण कोरिया र अमेरिका पठाइदिन्छु भन्दै सयौं युवालाई ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका १४ घर भई हाल कपन बस्ने ४२ वर्षीय पवन राणालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
उनले धेरै व्यक्तिलाई अमेरिका र दक्षिण कोरियामा रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेर सम्पर्कविहीन भएको आरोप छ।
वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो।
उनलाई चैत २७ गते पक्राउ गरेर कारबाहीका लागि विभागमा पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
66
Shares
प्रतिक्रिया