ad ad

समाज


भोलिदेखि काठमाडौँमा गर्मी कम हुने

भोलिदेखि काठमाडौँमा गर्मी कम हुने

फाइल तस्बिर


नेपालखबर
बैशाख ७, २०८० बिहिबार ७:५४, काठमाडौँ

केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ। बुधबारको मापनअनुसार उपत्यकाको अधिकतम तापक्रम ३२.८ डिग्री सेल्सियस पुगेको छ भने उपत्यकाबाहिर सबैभन्दा बढी नेपालगन्जमा  ४०.५ डिग्री सेल्सियससम्म पुगेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार पश्चिम नेपालमा आजैदेखि र काठमाडौँसम्म भोलिदेखि गर्मी केही कम हुने सम्भावना छ। 

पश्चिमी वायुको प्रभावले मौसम बदली र वर्षा हुने भएकाले गर्मी केही घट्ने सम्भावना देखिएको हो। 

‘पश्चिमतिर त आजै वर्षाको सम्भावना रहेकाले गर्मी कम हुने देखिएको छ’, मौसमविद् पौडेलले भने, ‘भोलि भने काठमाडौँमा पनि गर्मी कम होला।’

उनका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना त्यति छैन। ‘भोलि (शुक्रबार) भने काठमाडौँमा पनि वर्षाको सम्भावना देखिएकाले गर्मी केही कम होला’, माैसमविद् पाैडेलले भने। 

तर देशको मध्य र पूर्वी भागमा भने अझै केही दिन गर्मी कम हुने सम्भावना नरहेको उनले जानकारी दिए। 

आज वर्षाको सम्भावना कहाँ कहाँ छ?
मौसम महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .