ad ad

समाज


भारतबाट ल्याएको ८८ बोरा मकैसहित ट्रयाक्टर नियन्त्रणमा

भारतबाट ल्याएको ८८ बोरा मकैसहित ट्रयाक्टर नियन्त्रणमा

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १८:१६, काठमाडौँ

प्रहरीले भारतबाट आयात गरिएको ८८ बोरा मकैसहित ट्रयाक्टर नियन्त्रणमा लिएको छ।

झापा गौरीगञ्ज गाउँपालिका–२ आपगाछीमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ त ७११० नं को ट्र्याक्टर ईलाका प्रहरी कार्यालय गौरीगंज र प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो।

गस्तिमा रहेको प्रहरी टोलीले रोक्न खोज्दा चालक भागी फरार भएकोले उक्त गाडीलाई चेकजाँच गर्दा अन्दाजी ९६ हजार ८०० रुपैयाँ बराबरको मकै (८८ बोरा) र ट्रयाक्टर अन्दाजी मूल्य ४ लाख रुपैयाँ गरी अन्दाजी ४ लाख ९६ हजार ८०० बराबरको सामान बरामद गरेको हो।

सो ट्रयाक्टर र मकै आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् प्रवक्ता डीएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .