ad ad

समाज


योग्यताक्रम विपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकको प्रदर्शन

योग्यताक्रम विपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकको प्रदर्शन

नेपालखबर
बैशाख १३, २०८० बुधबार १५:१७, काठमाडौँ

एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। 

बुधवार माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रियाबिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। 

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कञ्चन दुवाडीले आफूहरुले चिकित्सा शिक्षा आयोगले जारी गरेको नतिजामा योग्यताक्रम मिचिएका कारण आन्दोलनमा उत्रिन बाध्य भएको बताए। 

त्यस्तै, डा. विपुल लामिछानेले मेरिटोक्रेसी कायम गर्न अदालतले आदेश दिएपनि चिकित्सा आयोगले पालना नगरेको आरोप लगाए। उनले दक्षताको मात्रै समस्या नभइ छात्रवृत्ति र पैसा तिर्नेकुरामा पनि समस्या रहेको बताए। 

त्यस्तै, प्रदर्शनकारी डा. छवि पन्थीले चिकित्सा शिक्षा आयोगले गत सालको पौष २ गते परीक्षा लिएको र त्यसको नतिजालाई वैज्ञानिक व्यवस्थापन नगरी हचुवाका आधारमा भर्ना प्रक्रिया अघि बढाएकोप्रति आन्दोलन गरेको बताए।

उनले चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित क्याम्पसहरुले धम्कीपूर्ण रुपमा विद्यार्थीहरुलाई दबाब दिइरहेको बताए। उनले आफ्नो माग पूरा नभएसम्म निरन्तर विरोधका कार्यक्रम अघि बढाइरहने चेतावनी दिए। 

त्यस्तै, प्रदर्शनकारी डा.श्वेता कर्णले चिकित्सा शिक्षा आयोगले आफूहरुमाथि अन्याय गरेको भन्दै दक्षताअनुसार पढ्न पाउनुपर्ने बताइन्। उनले मुद्दा विद्यार्थीहरुको पक्षमा आएपनि चिकित्सा शिक्षा आयोगले पालना नगरेको बताइन्। 

प्रदर्शनका क्रममा उनीहरुले आज ‘तपाईंलाई बचाउने हातहरुले न्याय पाएनन्, भोलि कसको पालो?, शास्त्रमा लेख्नलाई छुट्या मात्र हो, चिकित्सा भर्नामा जात्रा भयो, श्रीकृष्ण हो की सकुनी हो, अदालतको कुरा नसुन्ने हो? हेर बुझ साथी हो, के चिकित्सा आयोग न्याय भन्दा माथि हो?’ जस्ताप्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

उनीहरुले विगत ४ महिनायता आन्दोलन गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .