समाज


गुल्मीमा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

रासस
बैशाख १४, २०८० बिहिबार १०:१५, काठमाडौँ

गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जिपका सहचालक बागलुङ  बडिगाड –९ का १८  वर्षीय  किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

दुर्घटनामा परी जिप चालक  बडिगाड–९ का २१ वर्षीय प्रेमबहादुर केसी गम्भीर घाइते भएका छन्। उनको थप उपचारको लागि आज बिहानै पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको छ। 

जिप दुर्घटनाको जानकारी पाउनासाथ पौदी अमराईबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।

दुर्घटना हुँदा जिप सडकबाट एक सय ५० मिटर तल खसेको बताइएको छ। ‘ब्रेकफेल’ भई जिप दुर्घटना हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .