नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य इन्द्रप्रसाद बन्जारा (रमेश) लाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको लागि भनी नियन्त्रणमा लिएको घटनाप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ बागमती प्रदेश समितिका अनुसार पत्रकार बन्जारालाई एक महिलाले २०७९ चैत्र ३० गते दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले सोही दिन नियन्त्रणमा लिएको महासचिव रोसन पुरीले जनाएका छन्।
उक्त घटनासँग जोडिएर केही दिनयता विभिन्न सञ्चारमाध्यममा समाचार तथा सिसिटिभी फुटेजहरु प्रकाशन÷प्रसारण भैरहेको सन्दर्भमा कुनै दबाब र प्रभावबिना घटनाको निष्पक्ष र दोहोरो छानबिन गर्न महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।
27
Shares
प्रतिक्रिया