ad ad

समाज


कालिज फार्म गरिरहेका श्रीराम किसानका माग बोकेर अनशनमा (भिडिओ)


विशाल कार्की
बैशाख १५ , काठमाडौँ

२०७५ सालमा नुवाकोटका श्रीराम घिमिरेले जग्गा भाडामा लिएर कालिज फार्म सुरु गरे।

बैंकबाट कर्जा लिएर ककनी गाउँपालिका–२ मा सुरु गरेको फार्ममा एक वर्ष नबित्दै चितुवाले धेरै काजिल मा¥यो। श्रीराम आफै पनि कालिज जोगाउन खोज्दा घाइते भए।

बैंकबाट ब्याजदर बढ्दै गयो। सरकारले किसानलाई दिने भनेको अनुदान कार्यान्वयनमा आएन। 

उनी आफै पनि बैंकको बढ्दो ब्याजदर र व्यवसाय नोक्सानमा जाँदा तीनै तहका सरकारबाट कुनै प्रकारको सहयोग पाएनन्।

कर्जा लिएर सुरु गरेको व्यवसायमा सरकारबाट सहायता नपाएपछि श्रीरामले किसानहरुको समस्या लिएर जनप्रतिनिधि र सांसदहरुलाई भेटे। तर माग पूरा भएनन्।

अहिले उनी किसानलाई उत्पादनदेखि बजारीकरणसम्म सरकारले सहायता गर्नुपर्ने भन्दै आमरण अनशनमा छन्।

पाँच बुँदे मागसहित जिल्लाका सहयोगीसँग न्युरोडको भूगोल पार्कमा अनशनमा रहेका श्रीरामले भोलि नेपाली कांग्रेसका सभापति तथा सत्ता गठबन्धनका प्रमुख नेता शेरबहादुर देउवालाई भेट्नेछन्।

 

बैशाख १५, २०८० शुक्रबार २२:६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .