ad ad

समाज


फेरि जमिन भासिँदा अवरुद्ध भयो पृथ्वी राजमार्ग, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको अनुरोध

फेरि जमिन भासिँदा अवरुद्ध भयो पृथ्वी राजमार्ग, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको अनुरोध

नेपालखबर
बैशाख २०, २०८० बुधबार १२:५०, काठमाडौँ

 पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा रहेको पुल छेउको जमिन फेरि भासिएको छ।

जमिन भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जमिन भासिएपछि दुईतर्फी बाटो बन्द भइरहेको र खुलाउने पहल भइरहेको धादिङ जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तु जैशवालले बताए।

अवरुद्ध बाटो तत्काल खुलाउन सकिने अवस्था नभएकाले वैकल्पिक बाटो प्रयोग गर्न उनले अनुरोध गरेका छन्।

'दुईतर्फी बाटो अवरुद्ध भएकाले हेटौँडा-काठमाडौँको वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका छौँ, बालाजु बाइपास हुँदै नुवाकोटको बाटो पनि प्रयोग गर्न सकिन्छ,' उनले भने।

सोमबार धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलामाथिको मोटरेबल पुल भासिँदा यातायात पूर्णरुपमा ठप्प भएको थियो। 

अपरान्ह ४ बजेदेखि बन्द भएको सडक मंगलबार एकतर्फ खुलाइएको थियो। 

तर आज पुन: त्यही ठाउँमा जमिन भासिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .