ad ad

समाज


शुक्लाफाँटा आरक्ष विस्थापितले पुनर्स्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई बुझाए ज्ञापन

शुक्लाफाँटा आरक्ष विस्थापितले पुनर्स्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई बुझाए ज्ञापन

नेपालखबर
बैशाख २०, २०८० बुधबार १२:५७, काठमाडौँ

कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जबाट विस्थापितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन्। पीडितहरुले बुधबार बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा विस्थापितहरुलाई उचित पुनर्स्थापना गर्न माग गरिएको छ।

आरक्ष विस्तारका क्रममा विस्थापित भएको लामो समयसम्म पनि आफूहरुको उचित व्यवस्थापन हुन नसकेको पीडितहरुको गुनासो छ।

ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकबाट उचित निर्णय लिने जानकारी दिएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य हरिप्रसाद सुवेदीले जानकारी दिए।

शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएका र विस्थापितलाई पुनर्स्थापना गर्दा पुनः विस्थापित भएका पीडितहरु लामो समयदेखि निकुञ्जकै क्षेत्र र वरपर गरी १० वटा शिविरमा बसिरहेका छन्।

२०३७ सालदेखि हालसम्म ३० वटा आयोग÷समिति बनेपनि उनीहरुको उचित पुनर्स्थापना हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .