नेपाली कांग्रेसले पार्टीका महासमिति सदस्य चितवन भरतपुर महानगरपालिका–८ निवासी शंकरप्रसाद कँडेलको देहत्यागसम्बन्धी घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको छ।
तर आजसम्म प्रशासनबाट दोषी पक्राउ गर्न कुनै तत्परता नदेखाएको भन्दै कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।
उनको मृत्युको विषयलाई लिएर नेपाली कांग्रेस चितवनले शुक्रबार दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रमसमेत तय गरेको छ।
दोषी भनिएकाहरूलाई पक्राउ गरी तत्काल अनुसन्धान सुरु गर्नका लागि जिल्लाका व्यवसायी एवं नेपाली कांग्रेस चितवनले दबाबपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएको छ।
Shares
प्रतिक्रिया