समाज


श्रीमद्‍भागवत महापुराणको नेपाली अनुवाद विमोचन

श्रीमद्‍भागवत महापुराणको नेपाली अनुवाद विमोचन

नेपालखबर
बैशाख २९, २०८० शुक्रबार १५:४८, काठमाडौँ

श्रीमद्‌भागवत महापुराणको नेपाली अनुवाद विमोचन गरिएको छ। गीताप्रेस शताव्दी वर्ष महोत्सव समापनका अवसरमा श्रीमद् भागवत महापुराणको नेपाली अनुवाद विमोचन गरिएको हो।

अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्रीप्रखर जी महाराजको सान्निध्यमा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा एवं गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको व्यवस्थापनमा सो कार्यक्रम आयोजना गरिएको हो।

गीताप्रेस शताब्दी वर्ष महोत्सवको अवसरमा अन्तर्राष्ट्रिय शाखा नेपालमा आयोजना भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पूजा एवं प्रसाद वितरण, नित्य स्तुति एवम् प्रार्थना गरिनुका साथै ‘परलोक और पुनर्जन्म’ पुस्तक दाताको सहयोगमा निःशुल्क वितरण गरिएको थियो।

नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त शुभकामना सन्देश वाचन गरिएको थियो।

सो कार्यक्रममा श्रीमद् भागवत महापुराणका नेपाली सम्पादक प्राध्यापक शिव गोपाल रिसालले श्रीमद्भागवतको नेपाली अनुवादको विषयमा प्रकाश पारेका थिए भने श्रीशिवमहापुराणका नेपाली सम्पादक प्रा.डा. काशीनाथ न्यौपानेले श्रीशिवमहापुराणको बारेमा प्रकाश पारेका थिए।

श्री गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जयकिसन सारडाले स्वागत गर्दैै गीता प्रेसको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .