समाज


आविष्कार केन्द्रलाई बेलायतबाट जनजाति महासंघको ५ लाख सहयोग

आविष्कार केन्द्रलाई बेलायतबाट जनजाति महासंघको ५ लाख सहयोग

आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सहयोग रकम हस्तान्तरण गर्दै नेफिन यूकेका सल्लाहकार भक्तबहादुर दुरा।


नेपालखबर
जेठ १०, २०८० बुधबार ७:५४, काठमाडौँ

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत (यूके) शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ।

नेफिन यूकेका सल्लाहकार भक्तबहादुर दुराले महासंघको केन्द्रीय समितिमार्फत आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। 

काठमाडौंस्थित नेफिनको केन्द्रीय कार्यालयमा मंगलबार कार्यक्रम आयोजना गरी ५ लाख सहयोग हस्तान्तरण गरिएको हो।

दुराले आविष्कार केन्द्रले मुलुकभित्रै महत्त्वपूर्ण अभियान सञ्चालन गरेको उल्लेख गर्दै आफूहरु पनि त्यसमा सहभागी हुन पाउँदा गौरव महसुस भएको बताए। 

सहयोग  रकम ग्रहण गर्दै आविष्कार केन्द्रका संस्थापक पुनले सञ्चालित अभियानका उद्देश्यबारे आम जनमानसलाई बुझाउन आवश्यक रहेको बताए।

‘केहीले यस विषयमा नबुझेर नै टिकाटीप्पणी पनि गरिरहनुभएको छ। यो अभियान २/४ वर्षको प्रोजेक्ट होइन। यसको क्षेत्र बृहत् छ। यसको समय अनन्त कालसम्मको छ’, पुनले भने, ‘यसको वास्तविकता बुझाउन आवश्यक छ।’

सो अवसरमा जनजाति महासंघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले केन्द्रलाई कुनै न कुनै रुपमा निरन्तर सहयोग गरिरहने प्रतिबद्धता दोहोर्‍याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .