ad ad

समाज


महिला प्रहरीलाई यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाललाई हेडक्वाटर तानेर अनुसन्धान सुरु

महिला प्रहरीलाई यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाललाई हेडक्वाटर तानेर अनुसन्धान सुरु

नेपालखबर
जेठ २२, २०८० सोमबार १७:४२, काठमाडौँ

महिला प्रहरीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालमाथी अनुसन्धान सुरू भएको छ। सदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी पाललाई हेडक्वार्टर तानिएको छ। 

अहिले उनीसँग सोधपुछ भइरहेको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले बताए। 

‘प्रदेश प्रहरी कार्यालयमा ती महिला हवल्दारले निवेदन दिएकी छन्। प्रदेशले आफ्नो हिसावले अनुसन्धान गरिरहेको छ। त्यसको रिपोर्ट आइसकेपछि थप कारबाही बारे निर्णय हुन्छ, अहिले उहाँलाई हेडक्वार्टर हाजिर हुने गरी बोलाएका छौं’, प्रवक्ता कडायतले भने। 

सुदूरपश्चिम प्रहरी कार्यालयमै कार्यरत एसपीको नेतृत्वमा यो घटना बारे अनुसन्धान भइरहेको छ। 

सहायक हवल्दार घर बिदामा जाने तयारीमा थिइन्। 

बिदामा जान लागेकी उनलाई एसएसपी पालले आफूकहाँ पठाइदिन आदेश गरेका थिए। त्यसपछि एसएसपी पालको क्वाटरमा पुगेकी उनलाई दुव्र्यवहार गरेको भन्दै उनले डीयूटी अधिकृतलाई जानकारी गराएकी थिइन्।

महिला हवल्दारलाई एसएसपीले ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं’ भनेको उनले जानकारी गराएकी थिइन्। 

प्रदेश प्रहरी कार्यालयमा उजुरी गरेपछि घटना बारे छानबिन सुरु भएको हो। यसअघि डीएसपी हुँदा सोलुखुम्बुमा कार्यरत रहँदा पनि उनीमाथी यौन दुव्र्यवहारको आरोप लागेको थियो।

उनी प्रहरीमा पटक पटक विवाद र कारबाहीमा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .