समाज


माइतीघर मण्डलमा एक व्यक्तिद्वारा आत्मदाह प्रयास

माइतीघर मण्डलमा एक व्यक्तिद्वारा आत्मदाह प्रयास

आत्मदाह प्रयास गरिएको स्थानमा तैनाथ प्रहरी। तस्बिर : विशाल कार्की


नेपालखबर
जेठ ३०, २०८० मंगलबार १६:५१, काठमाडौँ

काठमाडौंको माइतीघर मण्डलमा एकजना व्यक्तिले आत्मदाह प्रयास गरेका छन्। 

नागरिकता माग गर्दै आन्दोलनका क्रममा धर्ना बसेका निरज नामका ती व्यक्तिले जिउमा पेट्रोल खन्याएर आगो लगाएका थिए। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालका अनुसार पेट्रोल खन्याएर ती व्यक्तिले आत्मदाह प्रयास गरेका हुन्।

‘एकजना व्यक्तिले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए’, उनले नेपालखबरलाई भने, ‘तर पूरा विवरण खुलिनसकेका ती व्यक्तिलाई तत्कालै उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ।’

जिउमा आगो लगाएर घाइते भएका उनलाई प्रहरीले नियन्त्रणमा लिए अस्पताल लगेको थियो। नागरिकताविहीन निरज नामका ती व्यक्तिको अवस्था खतरामुक्त रहेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .