ad ad

समाज


आत्मदाह प्रयासपछि माइतीघरमा बढाइयो सुरक्षा (तस्बिरहरु)

आत्मदाह प्रयासपछि माइतीघरमा बढाइयो सुरक्षा (तस्बिरहरु)

माइतीघर मण्डलमा नागरिकताविहीनको प्रदर्शन। तस्बिर : विशाल कार्की


विशाल कार्की
जेठ ३०, २०८० मंगलबार १७:५, काठमाडौँ

नागरिकताविहीन एक व्यक्तिले काठमाडौंको माइतीघर मण्डलमा आत्मदाह प्रयास गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

नागरिकता माग गर्दै आन्दोलनका क्रममा धर्ना बसेका निरज नामका ती व्यक्तिले जिउमा पेट्रोल खन्याएर आगो लगाएका थिए। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालका अनुसार पेट्रोल खन्याएर ती व्यक्तिले आत्मदाह प्रयास गरेका हुन्।

उनलाई अहिले उपचारका लागि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ। उनको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ।

मंगलबार बिहानैदेखि माइतीघर मण्डलमा नागरिकताविहीनको प्रदर्शन थियो। त्यसक्रममा आक्रोशित एक व्यक्तिले आत्मदाह प्रयास गरेपछि अहिले प्रहरीको तैनाथी पनि बढाइएको छ। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .