ad ad

समाज


मंकीपक्स रोकथामका लागि देशभर तोकिए १४ चिकित्सक ‘फोकल पर्सन’ (सूचीसहित)

मंकीपक्स रोकथामका लागि देशभर तोकिए १४ चिकित्सक ‘फोकल पर्सन’ (सूचीसहित)

नेपालखबर
असार ३, २०८० आइतबार १४:११, काठमाडौँ

नेपालमा पहिलोपटक भेटिएको मंकीपक्स भाइरसको संक्रमण रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ। 

मन्त्रालयका अनुसार मंकीपक्सविरुद्ध फोकल पर्सन तोकिएकामा झापाको भद्रपुरस्थित मेची अस्पतालका डा. केशव ढकाल, मोरङस्थित कोशी अस्पतालका डा. सिबी झा, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. सूचना मरहठ्ठा, जनकपुरस्थित जनकपुर प्रादेशिक अस्पतालका डा‍. रामज्ञान यादव, वीरगन्जस्थित वीरगन्ज हस्पिटलका डा. अतुलेसकुमार चौरासिया, पोखरास्थित गण्डकी प्रादेशिक अस्पतालका डा. आनन्द नेपाल र चितवमा भरतपुर अस्पतालका डा. शशी हिराचन छन्। 

यसैगरी काठमाडौंस्थित वीर अस्पतालका डा. निरज पराजुली, टेकु अस्पतालका डा. शिवेन्द्र झा, पाटन अस्पतालका डा. मोनिक काफ्ले, बुटवलस्थित लुम्बिनी अस्पतालका डा. मनिलाल श्रेष्ठ, नेपालगन्जस्थित भेरी अस्पतालमा डा. बद्री चापागाई‌ं, सुर्खेतस्थित सुर्खेत प्रादेशिक अस्पतालका डा. सुस्मिता प्रधान र धनगढीस्थित सेती प्रादेशिक अस्पतालका डा. दिनेश शिवाकोटीलाई मंकीपक्स फोकल पर्सन तोकिएको छ।

मंकीपक्स भाइरसबाट हुने ‘एमपक्स’ नेपालमा पहिलोपटक गत शुक्रबार पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो। 

६० वर्षीया एकजना विदेशी महिलामा मंकीपक्स भाइरस पुष्टि भएको थियो। उनको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

यसअघि मंकीपक्स भाइरस १ सय ११ देशमा पुष्टि भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .