ad ad

समाज


चूडामणि शर्मालाई ९ वर्ष कैद, अहिलेसम्मकै बढी जरिवाना

चूडामणि शर्मालाई ९ वर्ष कैद, अहिलेसम्मकै बढी जरिवाना

नेपालखबर
असार ५, २०८० मंगलबार १९:२५, काठमाडौँ

विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा हालसम्मकै बढी बिगो र जरिवाना तोकेको छ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले ९ वर्ष कैद र अहिलेसम्मकै बढी बिगो र जरिवाना तोकेको हो।

कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना कैद तोकिएएको छ। आगोगका सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मालाई त्योभन्दा एक महिना कम ९ वर्ष कैद सजाय तोकिएको छ।

उनीहरुलाई ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ४७ रुपैयाँ बिगो कायम गरेको छ। यो मुद्दाका दोषिले २ अर्ब ५ करोड ४६ लाख ९ हजार ९४९ रुपैयाँका दरले बिगो तिर्नुपर्ने छ।

विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार उनीहरुले जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ९ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। बिगो र जरिवाना गरेर हरेकले ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्नेछ।

विशेष अदालतले उनीहरुलाई यसअघि नै दोषि ठहर गरे पनि सजाय निर्धारण गर्न बाँकी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .