ad ad

समाज


हरेक वर्ष मनाउने हो भने पोखरा योगा केन्द्र बन्नेछ : राजदूत श्रीवास्तव

हरेक वर्ष मनाउने हो भने पोखरा योगा केन्द्र बन्नेछ : राजदूत श्रीवास्तव

फाइल तस्बिर


नेपालखबर
असार ६, २०८० बुधबार ८:३८, काठमाडौँ

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन्। बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडक सञ्जाल वा हवाई रुटका माध्यमबाट जोड्दै जान सकिने बताए। 

उनले पोखरा प्राकृतिक सौन्दर्यताका हिसाबले उत्कृष्ट स्थान रहेको भन्दै पोखराले भारतका पर्यटकहरु तानेको बताए। 

उनले भारतका विभिन्न शहरका पर्यटकहरू पोखरामा आइरहेको उल्लेख गर्दै पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नका लागि भारत सरकार सहयोगका लागि तयार रहेको बताए।

‘पर्यटनको हिसाबले हेर्ने हो भने पोखरा एकदमै राम्रो स्थान छ। भारतबाट विभिन्न शहरका मानिस पोखरा आउने गर्दछन्। हरेक वर्ष पोखरामा योग दिवस मनाउने हो भने पोखरा योगा केन्द्र बन्नेछ,’ उनले भने, ‘यसका लागि भरतीय दूतावास मिलेर काम गर्न तयार छ। भारतका विभिन्न प्रदेश र शहरबाट मानिसहरू अहिले पनि पोखरा आउँछन्। नयाँ नयाँ माध्यमबाट भारत पोखरासँग जोडिन्छ।’

राजदूत श्रीवास्तवले पोखरामा हरेक वर्ष योग दिवसका अवसरमा योगा कार्यक्रम हुने आशा राखेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .