समाज


हेटौंडा बस दुर्घटनामा घाइते हुने सबैको पहिचान खुल्यो (नामावलीसहित)

हेटौंडा बस दुर्घटनामा घाइते हुने सबैको पहिचान खुल्यो (नामावलीसहित)

हेटौंडामा शुक्रबार बिहान दुर्घटनामा परेको बस।


सुनिता विष्ट
असार १५, २०८० शुक्रबार १८:४९, हेटाैंडा

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ११ नवलपुरमा बस दुर्घटना हुँदा घाइते भएका ५२ जनाको पहिचान खुलेको छ। घाइतेमध्ये केहीको हेटौंडा अस्प्ताल र २२ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

केही भने अस्पतारबाट डिस्चार्ज भएका छन्।

प्रहरीका अनुसार गम्भीर घाइते भएका महोतरी जलेश्वर नगरपालिका १ बस्ने ३२ वर्षीय राकेश पाण्डेको भरतपुर रिफर गरिएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस शुक्रबार दिउँसो १ बजे अनियन्त्रित भएर दुर्घटना भएको थियो। 

यी हुने घाइते भएकाहरूः
घाइते हुनेहरूमा हेटौंडा १२ कल्याण टार बस्ने ३० बर्षका हस्त बहादुर घिमिरे, बुटवल ७ बस्ने ५० बर्षीय मोहन गुरूङ र उनको ४० बर्षीया श्रीमती धन कुमारी गुरुङ, सर्लाही बरथवा न.पा.७ का ७० बर्षीया शुभकान्त मिश्र रहेका छन्।

यस्तै, महोत्तरी बलवा ५ बस्ने बर्ष ७२ को हितलाल बैठा र उनका २४ बर्षीया छोरा २४ ज्ञान कुमार बैठा, बारा कोल्हबी नगरपालिका ५ सखुवा टोल बस्ने बर्ष ३८ को सारदा संकर चौधरी रहेका छन्।

रौतहट बिन्द्राबन नगरपालिका ४ सखुवा बस्ने बर्ष ३२ संजय पटेल सिन्धुुली तिनपाटन गाउँपालिका ८ छरछरेका ७३ बर्षका कृष्ण बहादुर बैजु, उनका भतिज ३० बर्षीय जोकेन्द्र बैजु, चितवन भरतपुर १२ गोल बजारका ७४ बर्षीया राजेन्द्र प्रसाद चापागाइंर्, रौतहट कटहरिया ३ का ३५ बर्षीया संजय यादव, सोही स्थानका धर्वेन्द्र यादव, उपेन्द्र यादव रहेका छन्। 

यस्तै, सर्लाही बागमती नगरपालिका ११ पुतली चोक बस्ने ४५ बर्षीया मान बहादुर थिङ, हरिमाया थिङ, ।सर्लाही लालबन्दीका ५० बर्षीया मान बहादुर घिसिङ, रौतहट चपुर ९ की २८ बर्षीया मन्जु महत्तो, उनका छोरा एडिसन चौधरी रहेका छन्। ।रौतहटका राजेस माली, विरगंजका राहुल यादव, सर्लाहीका ननिता देबी राज, ।सुनसरी रामधुनि ९ मरचैयाकी कविता चौधरी र उनकी छोरी दिबियाका चौधरी रहेका छन् । 

सर्लाही कवलासी हेम्पोका चेतन यादब, सोही स्थानका लाल बाबु राय, फेकुरा यादव, रमेश कुमार यादव रहेका छन्। काठमाण्डौंको बल्खु बस्ने हरिहर सापकोटा, उनको श्रीमती धनलक्ष्मी शिवाकोटी सापकोटा, हेटौंडा ३ का बिनोद कुमार मिश्र, बिरगंजका दिपक कुमार कलुवार, नवलपुर गैडाकोट ७ बस्ने केश बहादुर कुमाल, उनको श्रीमती बिनु कुमाल पनि घाइते भएका छन्। 

रौतहटका दिनेश पटेल सोही स्थानका विवेक पटेल, सर्लाही हरिवनका बिरेन्द्र महतो, चन्दन महतो, रौतहट बृद्रावन ४ का हरेन्द्र राउत कुर्मी, सप्तरी राजविराज १ का सिनु कुमार राम, मवानपुर मनहरि ९ का हन्ना गोले र उनका ३ बर्षीया छोरा सहन मोक्तान, चितवन माडि ३ का रुपेन्द्र पादे रहेका छन्। 

यस्तै, भोजपुरका २८ बर्षीया समित तामाङ, काठमाण्डौं ४ टोका बस्ने निश्चल वनजाडे, सिन्धुली मरिन ३ बस्ने वर्ष ४० को पदम बहादुर मोक्तान,सोही स्थानका २० बर्षीय अमर तामाङ, सरोज मोक्तान, बाराका उपेन्द्र यादब, सर्लाही भर्तवा ७ बस्न ३८ वर्षका अवदेश मिश्र र रौतहट चन्द्रपुर बस्र्ने ४० बर्षकी लक्ष्मी शाह रहेको प्रहरीले जनाएको छ। 

घाइतेहरुको अवस्था समान्य रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .