समाज


ललिता निवासको जग्गामा अब काठमाडौं महानगरपालिकाले भवन निर्माणको स्वीकृति नदिने

ललिता निवासको जग्गामा अब काठमाडौं महानगरपालिकाले भवन निर्माणको स्वीकृति नदिने

ललिता निवासमा सूचना टाँस गर्न पुगेकाे काठमाडौं महानगर प्रहरीको टोली।


नेपालखबर
असार १७, २०८० आइतबार २०:०, काठमाडौँ

काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गामा भवन निर्माणका लागि स्वीकृति नदिने भएको छ। महानगरपालिकाको ४ नम्बर वडामा पर्ने बालुवाटारस्थित ललिता निवास र त्यसले खर्चेको जग्गामा भवन निर्माण गर्न महानगरपालिकाले स्वीकृति नदिने भएको हो।

आइतबार दिउँसो महानगर प्रहरीको टोली सोही क्षेत्र पुगेर दुई दिनभित्र अनधिकृत संरचना हटाउन दिर्नेशन दिँदै सूचना टाँस समेत गरेको छ। 

अब उक्त जग्गामा बनेका संरचनाको निर्माण सम्पन्नाको प्रमाणपत्र समेत जारी नहुने महानगरपालिकाले एक विज्ञप्तिमार्फत जनाएको छ। 

उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक्का राख्न सरोकारवालाहरुलाई जानकारी समेत गराइएको छ। 

‘यदी  कसैले उल्लेखित क्षेत्रभित्रका जग्गामा भवन संरचना निर्माण गरेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम त्यस्तो भवन संरचना भत्काइनेछ र भत्काउँदा लागेको खर्च समेत संवद्ध घरधनीबाट सरकारी बाँकी सरह असूल उपर गरिने छ,’ महानगरपालिकाले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .