ad ad

समाज


सार्वजनिक सवारी साधनमा डलर चोरी गर्ने र साट्ने चार जना पक्राउ

सार्वजनिक सवारी साधनमा डलर चोरी गर्ने र साट्ने चार जना पक्राउ

नेपालखबर
असार २१, २०८० बिहिबार १३:१९, काठमाडौँ

सार्वजनिक सवारीसाधानमा यात्रुको नगद तथा सामान चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरिरहका विष्णु अधिकारीको झोलाबाट ७ हजार ४७ अमेरिकी डलर (९ लाख २३ हजार १५७ रुपैयाँ) चोरी गरको आरोपमा ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रवाती गाउँपालिका ६ घर भई हाल भक्तपुर ठिमी बस्ने ३१ वर्षीय सञ्जिव तामाङ, पर्साको ठोरी गाउँपालिका ५ घर भई काठमाडौंको दक्षिणकाली बस्ने ३३ वर्षीय आइतमान तामाङ, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका ३ घर भई ललितपुरको इमाडोल बस्ने २१ वर्षीया सविना तामाङ पक्राउ परेका छन्।

उनीहरुले चोरेको अमेरिकी डलर साटिदिने ललितपुरको ग्वार्कोकी ५८ वर्षीया मंगल लक्ष्मी श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट २ लाख रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ। चारजनालाई चोरीसम्बन्धी कसुरमा म्याद थप गरेर ललितपुर जिल्ला प्रहरी परिसरले अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .