समाज


एसइई नै नदिएका क्रिकेटर गुलशनले जब पास भएको भन्दै बधाई पाए

एसइई नै नदिएका क्रिकेटर गुलशनले जब पास भएको भन्दै बधाई पाए

नेपालखबर
असार २२, २०८० शुक्रबार १८:१, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुलशन अन्य साथीहरूसँगै शुक्रबार जिम्बाब्वेबाट काठमाडौं फर्किँदै थिए।

त्रिभुवन विमानस्थलमा अन्य साथीहरूसँगै ओर्लिएलगत्तै उनले एउटा अनौठो प्रश्नको सामना गर्नुपर्‍यो।

यी १८ वर्षीय क्रिकेटरले दिँदै नदिएको एसइईमा राम्रो जीपीएसहित उत्तीर्ण भएकोमा एकजना पत्रकारले विमानस्थलमै बधाई दिए। 

एकजना पत्रकारले एसइई पास गरेकोमा उनलाई बधाई दिएका थिए। ती पत्रकारले बधाई दिएपछि अलमलमा परेका गुलशन केहीबेर हाँसे। 

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार एसइईको नतिजा सार्वजनिक गर्दा गुलशन पनि उत्तीर्ण भएको भन्दै बधाई श्रृंखला सुरु भएको थियो। 

यो क्रम गुलशन विमानस्थलमा उत्रिँदा पनि बधाईका रुपमा जारी रह्यो। आफूले दिँदै नदिएको एसइईमा उत्तीर्ण भएको सुनेपछि गुलशनले रमाइलो माने।

गुलशनले ३.६० जीपीएसहित एसइई उत्तीर्ण गरेको समाचार नै केही सञ्चारमाध्यममा आइसकेको थियो। तर जब गुलशन विमानस्थलमा उत्रिए तब एसइई पास गर्ने गुलशन अर्कै भएको तथ्य पनि खुल्यो।

थप समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .