ad ad

समाज


८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरियो

८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरियो

नेपालखबर
साउन ११, २०८० बिहिबार १६:३५, काठमाडौँ

विभिन्न समयमा बरामद भएका ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरिएको छ।

बरामद भएका वा बेवारिसे भरुवा बन्दुक ६ हजार ७४ थान, बाह्र बोर १ सय ७७ थान, पेस्तोल १ हजार ७६ थान, म्याग्नम २ सय ३२ थान, एयर गन २९ थान, सर्ट गन २ सय २९ थान, थ्रीनटथ्री राइफल ६ सय २६ थान,  रिभल्भर ३ सय ३४ थान,  ग्यास गन १० थान,  नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार नष्ट गरिएको हो। 

नेपा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेत प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय,, स्थानीय प्रतिनिधि लगायतको रोहवरमा हातहतियार नष्ट गरिएको हो। 

प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ २३ र असार २६ गतेको बैठकमा कानूनी प्रक्रिया अनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .