नेपाल रेडक्रस सोसाइटीले रेडक्रस ऐन निर्माणका लागि सरकारसँग सहयोग मागेको छ।
रेडक्रस सोसाइटीले बिहीवार पत्रकार सम्मेलन गर्दै रेडक्रसभित्रको समस्या समाधान गर्न रेडक्रस ऐन निर्माणका लागि सरकारसँग सहयोग मागेको हो।
संस्थाका नवनिर्वाचित महामन्त्री भूपतिलाल श्रेष्ठले रेडक्रस ऐन नबनेका कारण पनि समस्याउत्पन्न भएको भन्दै रेडक्रसको केन्द्रीय तहमा विवाद हुँदा स्थानीय तहमा काम गर्न समस्या भएको बताए।
उनले संस्थाको लेखा परीक्षण पनि हुन नसकेको र नेपाल रेडक्रस सोसाइटीको विधान नेपालको संविधान बमोजिम परिमार्जन नभएको बताए।
संस्थालाई समावेशीता, समानुुपातिक, प्रादेशिक संरचनामा लैजानुपर्ने भन्दै अबको ६ महिनाभित्र विधान संशोधन हुने बताए।
रेडक्रस अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुसार अघि बढेको बताए। उनले रेडक्रसलाई राजनीतिकरण गर्न नहुने पनि बताए।
श्रेष्ठले विश्वका एक सयभन्दा बढी देशमा कानून निर्माण गरी राष्ट्रिय रेडक्रस सोसाइटीहरू सञ्चालित रहेको जानकारी दिँदै नेपाल रेडक्रसको पनि कानूनी आधार बलियो बनाउन रेडक्रस ऐन निर्माणको लागि सरकार, सरोकारवाला र सञ्चार माध्यमहरूको भूमिका महत्वपूर्ण रहने बताए।
नेपाल रेडक्रस सोसाइटीले भदौ ८ र ९ गते साधारण सभा गर्ने भएको छ।
Shares
प्रतिक्रिया