कञ्चनपुरमा वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा ६ वर्षदेखि फरार कसुरदार पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–९ का किसनसिंह कार्कीलाई पाँचऔले चोरी निकासी मुद्दामा ६ वर्षपछि पक्राउ परेको हो।
जिल्ला अदालतको २०७४ भाद्र १४ को फैसलाले कार्कीलाई पाँचऔले चोरी निकासी गरेकोमा एक वर्ष कैद भुक्तान गर्न बाकी रहेको थियो। त्यसै बेला कार्की भागेका थिए।
उनलाई आइतबार प्रहरीले घरमै लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको थियो। जिल्ला अदालतमा पेस गराएर सजाय भुक्तानको लागि कार्कीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
237
Shares
प्रतिक्रिया