ad ad

समाज


सीआईबीको हिरासतबाट छुटे सांसद सुनिल शर्मा

सीआईबीको हिरासतबाट छुटे सांसद सुनिल शर्मा

नेपालखबर
साउन २६, २०८० शुक्रबार २०:३७, काठमाडौँ

अदालतले रिहा गर्ने आदेश दिएसँगै नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छाडेको छ। 

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई सीआईबीले बिहीबार उनकै निवास गल्फुटारबाट पक्राउ गरेको थियो। 

शुक्रबार अदालतमा उपस्थित गराइएका शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धानन अघि बढाउने गरी जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो।

सोही अनुसार उनलाई सीआईबीले हिरासतबाट छाडेको हो।

कुनै पनि मुद्दामा प्रतिवादीले भागेर जाने तथा प्रमाण लोप गर्ने सम्भावना हुन्छ कि हुँदैन भन्ने हेर्नुपर्ने जनाउँदै अदालतले उनलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .