सर्लाहीको लालबन्दीमा विषालु सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ।
लालबन्दी नगरपालिका वडा नम्बर- १० की ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको गोमन सर्पको टोकाइबाट मृत्यु भएको हो।
बिहीबार राति आफ्नै घरमा सुतेको बेला उनलाई गोमन सर्पले डसेको आफन्तले बताएका छन्।
सर्पले टोकेपछि उपचारको लागि आफन्तले उनलाई लालबन्दी- १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए।
तर, उपचारमा ढिलोगरी ल्याउँदा वृद्धालाई बचाउन नसकिएको उपचार केन्द्रका चिकित्सकले बताएका छन्।
51
Shares
प्रतिक्रिया