समाज


ग्लोकल टीन हिरो नेपाल : नवौं संस्करणको अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

ग्लोकल टीन हिरो नेपाल : नवौं संस्करणको अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

नेपालखबर
भदौ ४, २०८० सोमबार १९:४१, काठमाडौँ

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो २०२३ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ। देशभरिका किशोर किशोरीहरुबाट  कुल  ६८१ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा गरिएको छ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गरी अरु माझ चिनाउने कार्यक्रम ‘ग्लोकल टिन हिरो नेपाल’ को यो नवौं संस्करण हो।

हरेक वर्षझैँ यस वर्ष पनि सेप्टेम्बर १, २०२३ मा अवार्ड कार्यक्रम र सम्मेलन मार्फत गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिनेछ।

ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छन् :
आर्यन सिग्देल, १७, शिक्षक र अभियन्ता, तनहुँ
अतिथ अधिकारी, १७, सामाजिक उद्यमी, बाँके
माधव खनाल, १८, लेखक, लमजुङ

निराजन रिमाल, १८, विज्ञान उत्साही, काठमाडौं
प्रीति पन्थ, १८, सामाजिक अभियन्ता, गुल्मी
श्रुति तिवारी, १८, वातावरण अभियन्ता, धनुषा

शीर्ष २० किशोरकिशोरीहरूबाट उनीहरुको कामको सुरुवात, दिगोपन र प्रभावको आधारमा अन्तिम ६ प्रतिस्पर्धीकोे छनोट निर्णायक टोलीद्वारा भएको हो।

यस वर्षको निर्णायक टोलीमा कोका–कोला कम्पनी नेपालका देश निर्देशक आदर्श अवस्थी, नेपालका लागि ‘यूएनएचसीआर’ प्रतिनिधि क्यारोलिन स्पन्नुथ वर्मा, ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, गोल्छा ग्रुप प्रा. लिका निर्देशक सीमा गोल्छा र युनिसेफ नेपालका प्रतिनिधि छन्।

यस वर्ष पनि अन्तिम ६ प्रतिस्पर्धीहरुले क्षमता निर्माण कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन्, जहाँ उनीहरूले उद्योगका शीर्ष कर्पोरेट व्यक्तित्वहरू र प्रशिक्षकहरूसँग अन्तरक्रिया गर्ने मौका पनि पाउनेछन्। सेप्टेम्बर १ मा निर्णायकहरूको प्यानलद्वारा अन्तिम ६ प्रतिस्पर्धीको व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्वाता हुनेछ र २०२३ को विजेता घोषणा गरिने छ।

एसएमएस भोटिङ राउन्ड अगस्ट २१, बेलुका ५ बजेदेखि अगस्ट ३१ , ५ बजेसम्म खुल्ला रहनेछ, जसले गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको विजेता छनोटमा पनि योगदान गर्नेछ। प्रतिस्पर्धीहरूलाई भोट गर्न, तपाईंको मनपर्ने फाइनलिस्टको भोटिङ कोड ३५००१ मा एसएमएस गर्न सकिनेछ।

फाइनलिस्टहरूका लागि भोटिङ कोडहरू यसप्रकार रहेका छन्।
आर्यन सिग्देल– GTH<space>AS टाइप गरी ३५००१ मा एसएमएस पठाउने
अतिथ अधिकारी– GTH<space>AA 6fOk टाइप गरी ३५००१ मा एसएमएस पठाउने
माधव खनाल– GTH<space>MK 6fOk टाइप गरी ३५००१ मा एसएमएस पठाउने
निराजन रिमाल– GTH<space>NR 6fOk टाइप गरी ३५००१ मा एसएमएस पठाउने
प्रीति पन्थ– GTH<space>PP 6fOk टाइप गरी ३५००१ मा एसएमएस पठाउने
श्रुति तिवारी– GTH<space> ST टाइप गरी ३५००१ मा एसएमएस पठाउने

हरेक वर्षझैँ यो वर्षपनि सेप्टेम्बर १, २०२३ मा गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोे नेपाल अवार्ड कार्यक्रम सोल्टी होटेल काठमाडौँमा आयोजना गरिनेछ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिनेछ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन विभिन्न संघसंस्थाहरु साझेदारका रुपमा जोडिएका छन्।

ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा ग्रुपसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा ‘यूएनएचसीआर’भारतीय दूतावास, बिपी कोइराला इन्डिया– नेपाल फाउन्डेसन्, भारतीय दूतावास, संघीय गणतन्त्र जर्मनीको दूतावासस पार्ट्नरका  रुपमा  होन्डा, कोका कोला, नेपाल टेलिकम, डब्ल्यूडब्ल्यूएफ  नेपाल, टोयोटा, द् ब्रिटिश कलेज, पंचकन्या ग्रुप, डिशहोम गो, काठमाडौं वर्ल्ड स्कूल र रियल् जुस, बैंकिङ साझेदारमा नबिल बैंक, आधिकारिक होटल साझेदारको  रूपमा द् सोल्टी काठमाडौ, इन्टरनेट साझेदारको रूपमा वोर्ल्डलिंक, आतिथ्य पार्टनरमा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पीट्यालीटी र कोजी होम, एयरलाइन्स पार्टनरको रूपमा नेपाल एयरलाइन्स, क्याथे प्यासिफिक एयरवेज र एति एयरलाइन्स, शिक्षा पार्ट्नरमा किङ्स कलेज, पी आर साझेदारमा प्रिस्मा एडभरटाईजिङ, चिकित्सा पार्टनरमा डाक्टर अन कल, समर्थकमा भ्यू योर चोइस रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .