ad ad

समाज


पशुपति दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको बस बारामा दुर्घटना हुँदा ७ जनाको मृत्यु, १८ घाइते

पशुपति दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको बस बारामा दुर्घटना हुँदा ७ जनाको मृत्यु, १८ घाइते

दुर्घटनामा परेको बस। तस्बिर : रासस


नेपालखबर
भदौ ७, २०८० बिहिबार ८:४, काठमाडौँ

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बस बारामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।  

बारा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार भारतीय तीर्थयात्री बोकेको  मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई भन्ने स्थानमा दुर्घटना भएको हो। 

दुर्घटनामा ७ जनाको मृत्यु भएको उनले जानकारी दिए। ‘३ जनाको घटनास्थलमै र ४ जनाको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो’, दुर्घटनास्थलमा रहेका एसपी बोगटीले नेपालखबरसँग भने। 

उनका अनुसार मृतकमा ६ जना भारतीय छन् भने १ जना नेपाली छन्। 

‘पशुपति दर्शन गरेर फर्किएका तीर्थयात्री रहेछन्’, एसपी बोगटीले भने, ‘एकजना नेपालीचाहिँ विदेशबाट आएको बुझिएको छ।’

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। 

उनका अनुसार घाइते १८ जनाको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .