ad ad

समाज


बझाङमा जंगली च्याउको तरकारी खाँदा छोरीको मृत्यु, आमा-छोरा बिरामी

बझाङमा जंगली च्याउको तरकारी खाँदा छोरीको मृत्यु, आमा-छोरा बिरामी

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०८० शुक्रबार ८:१०, बझाङ

बझाङमा जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा एक बालिकाको मृत्यु भएको छ। सँगै तरकारी खाएकी बहिनीको मृत्यु हुँदा उनका दाजु सिकिस्त बिरामी परेका छन्। 

विषालु जंगली च्याउको तरकारी खाँदा जयपृथ्वी नगरपालिका ६ नौराका लक्ष्मण कठायतकी ७ वर्षीया छोरी सञ्जिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाका दाजु ११ वर्षीय सुदीपको अवस्था गम्भीर छ। 

उनीहरुलाई आमा पुनी कठायतले बुधबार नजिकैको लेकाली जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खान दिएकी थिइन्। बिषालु च्याउको तरकारी खाँदा आमा पुनी पनि बिरामी छिन्। 

च्याउको तरकारी खाएपछि गम्भीर बिरामी बनेकी बालिकालाई उपचारका लागि सुरुमा जिल्ला अस्पताल लगिएको थियो। 

त्यहाँ उनको उपचार सम्भव नभएपछि थप उपचारको लागि डडेलधुरा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको छ। बालकको डडेलधुरामै उपचार भइरहेको छ। 

जिल्ला अस्पतालमा उपचारपछि आमा पुनी भने घर फर्किएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .