ad ad

समाज


बारामा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु, अर्का घाइते

बारामा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
असोज २, २०८० मंगलबार ६:१५, बारा

बाराको जितपुर सिममरामा पिकअप भ्यानको ठक्करबाट एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक घाइते भएका छन्।

सोमबार साँझ जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित पूर्वपश्चिम राजमार्गमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडा उपमहानगरपालिका-११ घर भएका २४ वर्षीय निशान श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

निजगढबाट पथलैया जाँदै गरेको प्र.न.३-०३-००१ प ००३९ नंको मोटरसाइकललाई वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको प्र.न.३-०१०-२२ च ३१९७ नंको पिकअप गाडीले ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए। 

उनको उपचारको क्रममा सामुदायिक प्रसुति अस्पताल निजगढमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेको मोटरसाइकलको पछाडि सवार २१ वर्षीय मिलन बरुवालको निजगढमै उपचार भइरहेको छ। 

दुर्घटनापछि गाडी चालक काभ्रेको नमोबुद्ध नगरपालिका(२ बस्ने २३ वर्षीय सुरेश भुजेललाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .