ad ad

समाज


रास्वपाको वडा समिति गठनको लागि भोलिदेखि भेला गर्न नपाइने

रास्वपाको वडा समिति गठनको लागि भोलिदेखि भेला गर्न नपाइने

नेपालखबर
असोज २, २०८० मंगलबार १२:३७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलिदेखि पार्टीको तदर्थ वडा समिति गठनको लागि वडा भेला गर्न नपाइने जनाएको छ। 

रास्वपाका संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले सूचना जारी गर्दै आज (२ असोज) सम्म मात्रै पार्टीको वडा भेला गर्न पाइने जनाएका हुन्।

रास्वपाको नयाँ वडा समिति गठनको लागि आगामी कात्तिक १० गतेदेखि १६ गतेसम्म देशैभरीका वडामा चुनाव गर्दैछ।

वडा समिति गठनका लागि एप मार्फत चुनाव हुने गरि रास्वपाले एप मार्फत् नै उम्मेदवारी माग गरेको छ। 

आजदेखि असोज २० गतेसम्म उम्मेदवार दर्ता गर्न सकिने रास्वपाले जनाएको छ। 

असोज २१ देखि कात्तिक ९ सम्म उम्मेदवार उपर दावी विरोध गर्न पाइने र त्यहि दिन अन्तिम नामावलि प्रकाशन गरिने रास्वपाले जनाएको छ। 

११ सदस्यीय वडा समितिमा दलित १ र महिला ४ जना अनिवार्य गरिएको छ। बाँकी ६ जना ४५ वर्षमुनीका युवाबाट छनोट हुने व्यवस्था छ। त्यसमध्येबाट एक एक जना वडा सभापति, उपसभापति र सचिव छनोट हुनेछन् भने बाँकी सदस्य छनोट हुनेछन्।

आगामी कात्तिक २० गते रास्वपाले वडास्तरीय चुनावको नतिजा प्रकाशन गरिने जनाएको छ। 

पार्टीले देशैभरीका ६ हजार ७ सय ४३ वटै वडामा चुनाव मार्फत् नै वडा समिति गठन गर्न लागेको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .