देशभर विभिन्न स्थानसँगै आज (बुधबार) काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
‘अपराह्न (दिउँसो २/३ बजे) तिर हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ’, उनले भनिन्, ‘राति पनि उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावा देखिएको छ।
यतिबेला काठमाडौं उपत्यकाको मौसम आंशिक बदली छ। यसको अर्थ काठमाडौं उपत्यकामा अहिले घाम पनि देखिएको छ भने आकाशमा कतै कतै बादल पनि लागेको छ।
मौसमविद् महर्जनका अनुसार यतिखेर (बुधबार बिहान ७ः४५ बजे) काठमाडौं उपत्यकाको वायुको तापक्रम २२ डिग्री सेल्सियस छ।
‘आज बिहान ५:४५ बजेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस छ’, उनले भनिन्, ‘आज उपत्यकाको अधिकतम तापक्रम भने २९ देखि ३१ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।’
Shares
प्रतिक्रिया