वीरगञ्जमा एक अपरिचित युवकको शव फेला परेको छ।
वीरगञ्ज महानगरपालिकाको छपकैयामा मंगलबार फेला परेको अन्दाजी ३० वर्षीय युवकको शवको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
छपकैयास्थित रक्त संचार पछाडिको गल्लीको सडकमा बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
‘शव हामीले पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखेका छौँ। शवको सनाखत हुन सकेको छैन,’ डीएसपी थापाले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौँ।’
ती युवकको हत्या हो कि आत्म हत्या अझै खुलेको छैन। तर, प्रहरी स्रोतले भने अत्यधिक मादक पदार्थ सेवनबाट ती युवकको मृत्यु भएको हुनसक्ने अड्कल गरेको छ।
स्थानीयले भने हत्यापछि छपकैयामा ल्याएर युवकको शव राखिएको आशंका गरेका छन्।
90
Shares
प्रतिक्रिया