ad ad

समाज


गाई चराउन गएका महिलालाई कुटपिट गरेर तिलहरी र मोबाइल लुट्ने २ युवक पक्राउ

गाई चराउन गएका महिलालाई कुटपिट गरेर तिलहरी र मोबाइल लुट्ने २ युवक पक्राउ

नेपालखबर
असोज ४, २०८० बिहिबार ८:२५, कञ्चनपुर

कञ्चनपुरमा दुई महिलालाई कुटपिट र लुटपाटमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–२ दैजीका २२ वर्षीय कमल चौधरी र सोही ठाउँका २७ वर्षीय राजु डगौरा छन्।

उनीहरुले शुक्लाफाँटा नगरपालिका–५ अर्जुनीस्थित जंगलमा बुधवार साँझतिर गर्जमुनी बस्ने ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी ३५ वर्षीया द्रोपती जोशीलाई कुटपिट गरेर लुटपाट गरेका थिए।

जंगलमा गाई चराएर घर फर्किने क्रममा पूर्व–पश्चिम राजमार्ग अन्गर्तत अर्जुनी जंगलमा से.२ प. ८३६२ नम्बरको मोटरसाइकलमा सवार ती युवकले दुई महिलालाई लुटपाट गरेका प्रहरीले जनाएको छ।

जोशीलाई कुटपिट गरी घाइते बनाएपछि उनकी बहिनी द्रोपतीले घाँटीमा लगाएको ८ आनाको तिलहरी, एक थान मोबाइल लुटेर उनीहरु भागेका थिए। 

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित लुटपाटमा संलग्न युवकलाई पक्राउ गरेको हो।

लुटेराको कुटपिटमा परेका जोशी दिदी बहिनीको को दुवै हात र खुट्टामा चोट लागेको छ। उनीहरुको स्थानीय शुक्लाफाँटा पोलिक्लिनिक झलारीमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .