त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा जहाजलाई असर गर्ने कुनै किसिमका वस्तु उडाउन निषेध गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गरेर त्यस्त वस्तु उडाउन निषेध गरेको हो।
प्राधिकरणले त्रिभुवन विमानस्थल क्षेत्रनजिक चङ्गा, ड्रोन र बेलुन आदि जस्ता जहाजलाई असर पुर्याउन सक्ने वस्तु नउडाउन सर्वसाधारणलाई आग्रह गरेको हो।
‘त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा वायुयान (जहाज) को उडान तथा अवतरणको समयमा विमानस्थल आसपासको क्षेत्रमा पटक पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएकोले गम्भीर ध्यानाकर्षण भएको छ’, प्राधिकरणले भनेको छ, ‘चङ्गा, ड्रोन र बेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले यस्तो गतिविधि नगर्न नगराउन हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।’
यस सूचनाको अवज्ञा वा अटेर गरी यस्तो गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने पनि प्राधिकरणले जनाएको छ।
Shares
प्रतिक्रिया