ad ad

समाज


दाङमा खुकुरी प्रहार गरी एक महिलाको हत्या, २ जना घाइते


नेपालखबर
असोज ७, २०८० आइतबार ८:५८, दाङ

दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ। घटनामा अन्य २ जना गम्भीर घाइते भएका छन्।  

शनिबार साँझ तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराका ३९ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा सोही ठाउँकी रिता लामिछानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

हमालको लामिछानेलाई घरमै गएर खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए।

घटनामा सोही ठाउँका ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीया कमला कुमारी हमाल गम्भीर घाइते भएका छन्। 

कमलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र वीर बहादुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गरी फरार भएका टेकबहादुरलाई उनकै घरबाट  खुकुरीसहित पक्राउ गएिको प्रहरीले जनाएको छ। उनले खुकुरी किन र के कारणले प्रहार गरे खुलेको छैन।  घटनाबारे थप अनुसन्धान भइरहेको केसीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .