ad ad

समाज


सल्यानमा जिप सडकबाट ३ सय मिटर तल खस्दा २ जनाको मृत्यु, १ घाइते

सल्यानमा जिप सडकबाट ३ सय मिटर तल खस्दा २ जनाको मृत्यु, १ घाइते

नेपालखबर
असोज ८, २०८० सोमबार ९:५८, काठमाडौँ

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार तरकारी बोकेको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा परि दाङको तुलसिपुर-१८ घर भएका जीप चालक ३६ वर्षीय भक्त बहादुर घर्ती र गाडी धनी सोही ठाउँका ५० वर्षीय गणेश बुढाको मृत्यु भएको हो।

दुर्घटनामा तुलसीपुर २ घर भएका ३५ वर्षीय नारायण योगी गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप सोमबार बिहान कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटना परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो। जीप सडकबाट साढे तीन सय मिटर तल खसेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .