ad ad

समाज


देशभर आंशिक बदली, कस्तो रहला आजको मौसम?

देशभर आंशिक बदली, कस्तो रहला आजको मौसम?

फाइल तस्बिर


नेपालखबर
असोज ८, २०८० सोमबार १०:५९, काठमाडौँ

आज देशका केही भूमागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ। 

आज दिउँसो कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहनेछ। राति पनि कोशी, बागमती र मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा केही माथि अवस्थित छ।

हाल नेपालमा भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ। जसको कारण आज देशभर मौसम बदलीको अवस्था बनेको हो। 

सोमबार बिहान गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षासमेत भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .