समाज


इन्द्रजात्राको अवधिमा काठमाडौंका यी सडकमा चलाउन पाइने छैन गाडी

इन्द्रजात्राको अवधिमा काठमाडौंका यी सडकमा चलाउन पाइने छैन गाडी

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०८० मंगलबार १३:३४, काठमाडौँ

इन्द्रजात्राको अवधिमा काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ।

काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेर इन्द्रजात्राको अवसरमा काठमाडौंका केही सडमा यात्रायात सेवा प्रभावित हुने जानकारी गराएको हो।

काठमाडौं महानगरपालिकाका अनुसार असोज ११ गते वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। 

यसैगरी असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ। 

असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको महानगरपालिकाले जनाएको छ।

काठमाडौँको वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालाप हिँडेर सञ्चालन गरिने महानगरले जनाएको छ। 

तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन र त्यसमार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पु¥याउनसमेत महानगरपालिकाले सबैमा आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .