ad ad

समाज


चीन भ्रमण सकेर काठमाडौं आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

चीन भ्रमण सकेर काठमाडौं आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

सरोज बैजु
असोज १३, २०८० शनिबार ११:१८, काठमाडौँ

चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबारं) बिहान काठमाडौं आइपुगेका छन्। 

प्रचण्ड गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा थिए।

सो क्रममा प्रचण्डले चिनियाँ प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मसँग भेटवार्ता गरेका थिए।

उनको भ्रमण दलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव, निजी क्षेत्रका तर्फबाट छाता संस्था नेपाल उद्योग वाणिज्य महास‌ंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य व्यवसायी तथा सदस्य थिए। 

एक सातो लामो चीन भ्रमण सकेर प्रधानमन्त्रीसहितको टोली शनिबार बिहान स्वदेश आइपुगेको हो। 

प्रधानमन्त्री प्रचण्ड एयर चाइनाको विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .