ad ad

समाज


नेपालगञ्जमा आज पनि कर्फ्यु

नेपालगञ्जमा आज पनि कर्फ्यु

फाइल तस्बिर


नेपालखबर
असोज १७, २०८० बुधबार ८:५९, काठमाडौँ

स्थानीय प्रशासनले नेपालगञ्ज नगर क्षेत्रमा आज पनि कर्फ्युलाई निरन्तरता दिएको छ। 

मंगलबार दिउँसो १ बजेदेखि जारी भएको अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए।

दुई धार्मिक समुदायबीच तनाव बढ्ने अवस्था सिर्जना भएपछि मंगलबार दिउँसोदेखि स्थानीय प्रशासनले नेपालगञ्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुश तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ।

कर्फ्यूको कारण बुधबार बिहानैदेखि नेपालगञ्ज क्षेत्र सुनसान छ। बजार र यातायात बन्द छ। नागरिकहरु घरभित्रै बसेका छन्। 

सीडीओ आचार्यले अहिले नेपालगञ्जको अवस्था सामान्य रहेको बताए। ‘अहिले नेपालगञ्जको अवस्था सामान्य छ। कतै अप्रिय घटना भएका छैनन्,’ उनले नेपालखबरसँग भने, ‘हामीले सबै पक्षलाई अनौपचारिक रुपमा सम्झाइबुझाइ गरिहेका छौँ।’

केहीबेरमा बस्ने सर्वदलिय तथा सर्वपक्षीय बैठकपछि मात्रै कर्फ्यू हटाउने कि नहटाउने भन्ने विषयमा ठोस निर्णय हुने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठोरले जानकारी दिए। ‘बैठकमा सबै धार्मिक समूहका प्रतिनिधिलाई पनि बोलाइएको छ,’ उनले भने। 

दुई धार्मिक समूहबीचको तनाव चुलिएपछि नेपालगञ्ज नगर क्षेत्रमा मंगलबार साँझदेखि सेनासमेत परिचालन गरिएको छ।

दुई धार्मिक समूहहरुबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ। झडपमा परेर केही घाइते भएका छन्। अहिलेसम्म कसैलाई पक्राउ भने नगरिएको सीडीओ आचार्यले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .