ad ad

समाज


अझै भेटिएनन् त्रिशूलीमा फाल हानेका युवक

अझै भेटिएनन् त्रिशूलीमा फाल हानेका युवक

नेपालखबर
असोज १८, २०८० बिहिबार १२:३, हेटौँडा

गएको सोमबार साँझ त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएका हेटौँडाका निरञ्जन देवकोटा हालसम्म पनि फेला परेका छैनन्। 

मंगलबार बिहानबाट प्रहरी र आफन्तले उनको खोजीकार्य सुरु गरेका थिए। तर, अहिलेसम्म पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। 

‘हामीले गएको मंगलबारदेखि उहाँको निरन्तर खोजि गरिरहेका छौँ,’ मिश्रले भने, ‘प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरिरहे पनि उहाँलाई फेला पार्न सकिएको छैन।’

हेटौंडा १ चौकीटोलका देवकोटाले धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेंसीस्थित नयाँ पुलबाट सोमबार साँझ त्रिशूलीमा हामफालेका थिए। 

प्रारम्भिक अनुसन्धानबाट उनी आफ्नो जागिर र बैंकको टर्चरलाई लिएर केही समयदेखि चिन्तित रहेको खुलेको छ। यद्यपी, प्रहरीले उनको खोजीकार्यसँगै घटनाबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय धादिङले देवकोटा किन त्रिशूलीमा हेलिए भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .