दसैँको अवसरमा सर्लाहीको हरिवनमा स्थानीय व्यापारी र सशस्त्र प्रहरी मिलेर लिंगे पिङ निर्माण गरेका छन्।
उद्योग वाणिज्य संघ हरिवनको अगुवाइमा स्थानीय सशस्त्र प्रहरी यूनिटसँग सहयोग लिएर पिङ निर्माण गरिएको संघका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए।
हरिवन ११ नोचा नजिक पूर्वपश्चिम राजमार्ग छेउमा निर्माण गरिएको पिङमा यतिबेला बालिबालिका रमाइरहेका छन्।
पछिल्लो समय दसैँ, तिहारमा सार्वजनिक स्थलमा पिङ हाल्ने क्रम कम हुन थालेको छ।
कतिपय संघ संस्थाले भने दसैँ तिहारसँग जोडिएको पिङ संस्कृतिलाई कायम राख्ने उद्देश्यले सार्वजनिक स्थानमा पिङ हाल्न थालेका छन्।
105
Shares
प्रतिक्रिया