बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका एक जनालाई जिल्ला प्रहरी कार्यालय ल्याइसकिएको र अन्य दुई जनालाई पक्राउ गरेर ल्याउँदै गरिएको बाराका प्रहरी प्रमुख सुरेश काफ्लेले नेपालखबरलाई जानकारी दिए।
‘मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरिएको छ,’ काफ्लेले नेपालखबरसँग भने, ‘एक जनालाई पक्राउ गरेर प्रहरी कार्यालयमा ल्याइसकिएको छ। अन्य दुई जनाालाई पक्राउ गरिसकिएको र जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरिएको छ।’
दुई वटा मोटरसाइकलमा आएको अज्ञात समूहले उनीमाथि सोमबार दिउँसो गोली प्रहार गरेको थियो।
उपचारका क्रममा उनको वीरगन्जस्थित बयोधा अस्पतालमा निधन भएको थियो।
612
Shares
प्रतिक्रिया