ad ad

समाज


जुम्लामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

जुम्लामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

नेपालखबर
कात्तिक १९, २०८० आइतबार ९:४२, सुर्खेत

जुम्लामा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
 
गएराति जुम्ला सदरमुकाम खलंगाबाट देयार गाउँतर्फ जाँदै गरेको अटो रिक्सा हिमा गाउँपालिका-१ बड्कीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा हिमा गाउँपालिका-१ घर भएका अटो चालक ४५ वर्षीय पदमबहादुर शाही र सोही ठाउँका ४२ वर्षीय बली रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।  

दुर्घटनामा हिमा गाउँपालिका-१ देयारगाउँ बस्ने ४१ वर्षीय नन्द रोकाय गम्भीर घाइते भएका छन्। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। 

भे.१.ह ३१९७ नम्बरको अटो सडकबाट अन्दाजी १५० मिटर तल हिमा नदीको किनारामा खसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .