ad ad

राजनीति


इजरायलको विरोध र प्यालेस्टाइनका पक्षमा काठमाडौँमा प्रदर्शन

इजरायलको विरोध र प्यालेस्टाइनका पक्षमा काठमाडौँमा प्रदर्शन

नेपालखबर
कात्तिक १९, २०८० आइतबार ९:५६, काठमाडौँ

राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले इजरायलले गाजामा गरिरहेको आक्रमणको विरोध गरेको छ।

मोर्चाले शनिबार साँझ काठमाडौँको माइतीघरमा शान्तिपूर्ण प्रदर्शनसहित इजरायलले प्यालेस्टिनी जनताको नरसंहार गरेको भन्दै विरोध प्रदर्शन गरेको हो। मोर्चाले प्यालेस्टेनी जनताले गरेको संघर्षप्रति ऐक्यबद्धता समेत जनाएको छ। 

कार्यक्रममा बोल्दै मोर्चाका संयोजक सन्तबहादुर नेपालीले इजरायलले प्यालेस्टाइनविरुद्धको आक्रमणप्रति आक्रोश व्यक्त गर्दै यो हमला अमेरिका र ईयूको निर्देशनमा भएको आरोप लगाए। साथै उनले आफूहरू न्यायप्रेमी भएका कारण प्यालेस्टेनी जनताका पक्षमा सडकमा ओर्लिएको पनि बताए। 

‘इजरायल र प्यालेस्टाइनका बीचमा भएको युद्धमा हामी किन सडकमा आउनुपर्‍यो  भने हामी न्यायप्रेमी हौँ। न्यायप्रेमीले संसारका जुनसुकै देशमा भएका जनतामाथिका दमनको विरोध गर्दछ’, संयोजक नेपालीले भने, ‘चाहे जुनसुकै जाति र धर्मको भए पनि हामी न्यायको पक्षमा उभिन्छौँ, चाहे त्यो देशभित्र होस् या देश बाहिर।’ 

उनले हमासले इजरायलमाथि आक्रमण नगरेको भए युद्ध हुने थिएन भन्ने भनाइ आएको भए पनि त्यो सत्य नभएको दाबी गरे। उनले गाजामा इजरायलको आक्रमण यसअघिकै निरन्तरता भएको जिकिर गरे। हमासको आक्रमण एक निमित्त कारण मात्रै भएको उनको दाबी छ। 

उनले हमासको आक्रमणमा नेपाली विद्यार्थी मारिएकामा दुःख प्रकट गरे। ‘हमासको आक्रमणमा नेपाली विद्यार्थी मारिएमामा हामीलाई दुःख छ’, उनले भने, ‘मृतक सबैप्रति हामी श्रद्धाञ्जली व्यक्ति गर्दछौँ।’ 

उनले मृतकका परिवारलाई राहत दिन सरकारसँग माग पन गरे। 

उनले प्यालेस्टाइनलाई समाप्त पार्न इजरायल लागि परेको र आक्रमण अझै जारी राखेको भन्दै इजरायलले बाँच्न पाउने अधिकार समेत हनन गरेको टिप्पणी गरे। उनले प्यालेस्टेनी जनताका पक्षमा सबै सडकमा आउनुपर्ने बताए। 

प्रदर्शनका थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .