समाज


गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

घट्दै छ तापक्रम
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

फाइल तस्बिर


नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार ८:२३, काठमाडौँ

नेपालमा पश्चिमी वायुको प्रभाव परिरहेको छ भने यतिबेला (शुक्रबार बिहान) देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। यसको अर्थ आकाशमा कतै कतै बादल लागे पनि घाम पनि देखिनेछ।

यस क्रममा दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

महाशाखाका अनुसार राति देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। 

यस क्रममा राति कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

घट्दै छ तापक्रम
अहिले देशभर बिस्तारै तापक्रम घट्दो र चिसो बढ्दो क्रममा छ। 

मौसम महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार विशेषगरी पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा तापक्रम घट्दो क्रममा छ।  

यसैबीच आज बिहान ५:४५ को मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस छ। आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे सार्वजनिक हुनेछ, जतिबेला देशका अन्य स्थानका तापक्रम विवरण पनि आउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .