हाल (सोमबार बिहान) देशको पहाडी भेगमा आंशिक बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा (लगभग आकाश खुला) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो गण्डकी प्रदेशसहित देशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
आज काठमाडौँ उपत्यकामा भने वर्षा वा हिमपातको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।
‘अपराह्नपछि उपत्यकामा आंंशिक बदली (आकाशमा बादल) चाहिँ हुने सम्भावना छ’, मौसमविद् रोजन लामिछानेले भने, ‘तर वर्षा वा हिमपातको सम्भावना देखिएको छैन।’
Shares
प्रतिक्रिया